२०८२ मङ्सिर २० गते शनिवार

राप्ती प्रतिष्ठानमा जेनजि आन्दोलनमा घाइतेहरुलाई मनो सामाजिक परामर्श दिन सेवा सुरु


दाङ ,कात्तिक १२। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा जेनजी आन्दोलनमा घाइते भएकाहरुका लागि मनोसामाजिक परामर्श सेवा बुधबारबाट सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार प्रतिष्ठानले सेवा शुभारम्भ गरेको छ ।


प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थिले जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई उचित मनो सामाजिक परामर्श दिन छुट्टै क्लिनिक सुरु गरेको हो ।

जेनजि आन्दोलनमा घाइते भएकाहरुका लागि मनोसामाजिक परामर्श सेवा प्रदान गर्न प्रतिष्ठानको शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा. सरोज उप्रेतीको संयोजकत्वमा विशेषज्ञ चिकित्सकसहितको सेवा सुरुवात गरिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।


जस्को सदस्यहरुमा मनोचिकित्सक डा. नितु बस्नेत ,एमडिजिपी इमेरजेन्सी विभागका डा. अमृत राज सुवेदी, मनोसामाजिक परामर्शदाता मिना डिसी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *