२०८२ मङ्सिर २० गते शनिवार

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. लामछानेले दिए पदबाट राजीनामा

तुलसीपुर, असोज २९ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछानेले पदबाट राजीनामा दिएका छन ।

उनले बुधबार दिउँसो प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर राजीनामा बुझाएको बताए । उनको राजीनामा पत्रमा घरायसी र स्वास्थ्यको कारण देखाइएको छ ।


आफुले पदबाट राजिनामा दिनुको कारण डा. लामिछानेले स्पष्ट खुलाउन चाहेनन् । उनले काम गर्ने वातावरण नभए पछि पदवाट राजीनामा दिएको प्रतिक्रिया दिए ।
लाछिानेको कार्यकाल अबको चार महिना पछि सकिदै थियो ।
आउने फागुनमा ४ बर्षे कार्यकाल सकिनु पूर्व नै उनले पदबाट राजीनामा बुझाएका हुन ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *