नारायण खड्का
मेरो पिठ पछि
मृत्युको कामना गरेर नथाक्नेहरु
अचेल इमोश्नल बल्याक मेलिङ गर्न
भेटहरुमा अभियन गर्छन
शिर झुकाउँछन्
सञ्चो बिसञ्चो सोध्छन्
हात खुट्टा सुम्सुम्याउन खोज्छन् ।
माकुराले जस्तै जाल विच्छाउँदै
साधुको भेषमा छिरेर ।
प्रेमको नाटकमा आफ्नो लागि छुट्टै
जाली पर्खाल ठड्याउन खोज्छन्
नाटकी तिमी सहजै बुझ्छौ
गहिरो प्रेम अनुभूत हुन्छ
त्यो देखिदैन
देखाइदैन
बरु निर्वाह गरिन्छ
के मेरो अनुपस्थितिमा
तिम्रो हृदय कहिलै रसाएको छ
तिमी कहिलै मेरो यादहरुमा
बुँदहरुमा झरेका थियौ ?
म निष्पट रातमा एक्लै रुँदा
चट्याङहरुको उज्यालोमा
बज्रपात छल्दै जोगिदापनि
तिम्रै लागि उभिएको थिए
तर, तिम्ले मेरो छातिमा
बिषालु तिरहरु मात्रै रोप्यौ
बिछोडका ती ताता झिरहरुमा उनिदा
आँफैले आफ्नै कलेजी झिकेर
धेरै पटक भूङग्रोमा राखेको छु
त्यसैले म तिम्रो लागि निर्जिब बस्तु हुँ ।
तिम्रा कुनैपनि खाताहरु
म संग बाँकी छैनन्
त्यसैले दिन रात
मेरो मृत्युको कामना जति गर्छौ गर
त्यसप्रति मलाई कुनै चासो छैन ।
