Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


१८ करोड हिनामिना प्रकरण : ५ जना थुनामा, अन्य धरौटीमा छुटे (भिडियो सहित)


दाङ, कार्तिक ७ । देव बैंकमा भएको १८ करोड बढी रकम हिनाहिना प्रकरणमा उच्च अदालत तुलसीपुरले ५ जनालाई थुनामा राख्न आदेश दिएको छ । त्यसैगरी ४ जनालाई छरौटीमा छोड्न र २ जनालाई साधारण तारेखमा छोड्न अदालतले आदेश गरेको छ ।

वैंकका म्यानेजर समिर बुढाथोकी, अर्का कर्मचारी अनिलकुमार न्यौंपाने, खातावालाहरु वशन्तबहादुर बस्नेत, झगबहादुर डिसी र विजयकुमार गुप्तालाई थुनामा राखेर कारवाही गर्न आदेश दिएको छ । उच्च सरकारी वकिलको कार्यालय तुलसीपुरले दायर गरेको अभियोग पत्रमाथि वयान लिने काम सकिएपछि भएको थुनछेक बहसमा बुधवार उच्च अदालत तुलसीपुरका माननिय मुख्य न्यायाधिस रमेशकुमार पोखरेल, ऋसीराम दवाडीले उक्त आदेश दिएका हुन ।

त्यस्तै प्रतिवादी मध्य ४ जना पोषणप्रशाद जैसीसंग २० लाख, विरेन्द्रकुमार गुप्तासंग २० लाख, अजुर्न बस्नेतसंग २७ लाख, मतकुमार पौडेल संग ५ लाख धेरौटी माग गरिएको उच्च अदालतका सूचना अधिकारी प्रेम खड्काले जानकारी दिए । माग गरेको रकम बुझाउन नसके उनीहरु सबैजना थुनामा जाने छन् ।

त्यस्तै अदालतले प्रतिवादीहरु सक्टुराम गुप्ता,७ महिनाकी गर्भवति वन्दना गुप्ता, अर्चना थापा खत्री र वशन्तबहादुर बुढाथोकीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ ।१३ जना प्रतिवादीलाई १८ करोड बढी हिनामिना प्रकरणमा बहस सकेर थुनछेकको आदेश भएको घटनालाई उच्च अदालत तुलसीपुरले ऐतिहासिक घटनाको रुपमा अथ्र्यायको छ । यसअघि उच्च अदालतमा यस्तो घटना कहिलै नभएको उच्च अदालतका रजिष्ट्रार समेत रहेका खड्काले बताए ।

बैंकको १८ करोड बढी हिनामिना प्रकरणमा ५६ जना प्रतिवादी मध्य १३ जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सकेको छ । अन्य सबै ४३ जना फरार प्रतिवादीको हकमा कानुन बमोजिम म्यादजारी गरेर कारवाही प्रक्रिया अगाडि बढाउन अदालतले निर्देशन दिएको छ । फरार प्रतिवादी सम्पर्कका आएपछि मात्रै अदालतमा थुनछेक सम्वन्धी बहस सुरु हुने छ । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा स्थित तत्कालिन वष्टर्न बैंक तथा हालको देव विकास बैंकबाट उक्त रकम हिनामिना भएको मुद्दा देब बैंकका विजयबहादुर श्रेष्ठले दायर गरेका थिए । गत असारमा मात्रै वष्टर्न बैंक देव विकाससंग मर्ज भएको थियो ।

देव बैंकका विजयकुमार श्रेष्ठको जाहेरीले पक्राउ परेका बैंक म्यानेजर समिर बुढाथोकीसहित सरकारी वकिलको कार्यालयले ५६ जना प्रतिवादी विरुद्ध अदालतमा आइतवार बैंकिङ कसुर सम्वन्धि मुद्दा पेश गरेको थियो । उच्च अदालत तुलसीपुरको वाणिज्य इजलासमा १३ जना प्रतिवादीलाई भने अभियोग पत्रका साथ पेश गरिएको हो ।

बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेपछि उनको वयानका आधारमा १३ जनालाई पक्राउ गरेर प्रहरीले झन्डै ६० दिन थुनामा राखेर अनुसन्धान गरेपछि आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal