२०८१ बैशाख १३ गते बिहिवार

आज लुम्बिनी प्रदेश सांसदको सपथ आज

दाङ, पुस १७ । लुम्बिनी प्रदेशका नयाँ निर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ । दाङको देउखुरीमा दिउँसो एक बजे सपथको कार्यक्रम राखिएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा सांसदहरुले सपथ लिने छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले सांसदलाई शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले जानकारी दिए ।

त्यस्तै लुम्बिनी प्रदेशसभाको प्रथम अधिशेसन सोमबार दिउँसो एक बजेका लागि आह्वान गरिएको छ ।

पहिलो संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएका छन् । उनी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य छन । ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिक प्रर्णालीबाट निर्वार्चित सांसदहरु छन् ।

यसपटक नेकपा एमाले २९ सदस्यसहित सबैभन्दा ठूला दल बनेको छ। नेपाली कांग्रेसका २७ र नेपका माओवादी केन्द्रका ९ सांसद छन ।

राप्रपाका ४ र नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, लोसपा र जनता समाजवादी पार्टीका ३ ÷३ सांसद रहेका छन ।

प्रत्यक्षमा कुनै सिट नजितेका राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले एक÷एक सांसद जितेका छन् ।

त्यस्तै स्वतन्त्रबाट तीन सिट जितेका छन । उनीहरु सबै माओवादीबाट बिद्रोह गरि निर्वाचनमा भिडेकाहरु हुन ।

२०७४ सालमा लुम्बिनीमा पाँच दलको मात्रै प्रतिनिधित्व थियो भने यो पटक दश दलको प्रतिनिधित्व रहेको छ ।

परिवर्तित राजनीतिक अवस्थाले लुम्बिनी प्रदेशमा एमाले वा माओबादी केन्द्रले मुख्य मन्त्री पाउने संभावना देखिएको छ ।

यद्यपी हालसम्म त्यो स्पष्ट भइ सकेको छैन । लुम्बिनी माओवादीको भागमा परे रोल्पाबाट निर्वाचित पोलिटब्युरो सदस्य जोखबहादुर महरा मुख्य मन्त्री बन्ने चर्चाहरु हुन थालेका छन् ।

यदी एमालेले पाएमा रूपन्देहीका लिला गिरी मुख्य मन्त्री बन्न सक्ने संभावना रहेको छ ।

प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *