काठमाडौं, पुस ७ । नेकपा (माओवादी केन्द्र) मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि संसदीय दलको नेता बनेका छन् ।
बिहीबार बसेको माओबादी पदाधिकारी बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको चयन गर्ने निर्णय गरेको हो ।
पदाधिकारी बैठकको यो निर्णयलाई संसदीय दलले अनुमोदन गरेको छ ।
पदाधिकारी बैठकले हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ।
प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार