२०८२ चैत्र १ गते आइतवार

‘वान एक्स बेट’मार्फत जुवा ः पक्राउ परेका कलाकारलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ,जेठ ३२ । विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत लाखौँ रुपैयाँ लिएको आरोपमा पक्राउ ८ जना कलाकारविरुद्ध प्रहरीले चार दिनको म्याद लिएको छ।

बिहीबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति लिएको हो।

बिहीबार पक्राउ परेका हाँस्यलाकार तथा युट्युबरहरुले अनलाइन जुवा प्रमोशनका लागि १० देखि ४० लाख रुपैयाँसम्म लिएको प्रमाण फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा। मनोज केसीले बताएका छन्।

‘पक्राउ परेकाका ८ जनाले १० देखि ४० लाखसम्म रकम वान एक्स बेटबाट बुझेको भेटिएको छ’, केसीले भने, ‘प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका सबैले अनलाइन जुवाको प्रमोशनका लागि रकम लिएको पाएका छौँ। थप अनुसन्धान भइरहेकाले अझै विस्तृत खुल्न बाँकी छ।’

अपराध अनुसन्धान कार्यालयले बिहीबार हास्यकलाकारहरू ‘बल्छी ध्रुवे’ उर्फ मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ उर्फ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, सरोज घिमिरे (ढेडो बूढो), भटभटे माइला भन्ने बेगम नेपाली तथा युट्युबर एलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जिडी) लाई पक्राउ गरेको थियो।

प्रहरीले बुधबार पक्राउ परेको एउटा गिरोहमार्फत ‘वान एक्स बेट’बाट एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको तथ्य फेला परेको थियो।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *