पाल्पा,बैशाख २६ । पाल्पामा झुन्डिएका अवस्थामा फरक फरक ठाउँमा दुई शव फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुण्डिएको अवस्थामा बेवारिसे दुईवटा शव फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र माथागढी गाउँपालिका–५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो ।
दुवै शवहरू सडेगलेको अवस्थामा फेला परेको तथा पोष्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न सकेको छैन् ।
प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार