२०८२ चैत्र ३ गते मङ्गलवार

नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीय पक्राउ

काठमाडौं,बैशाख २४ । नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एकैपरिवारका बाबु-आमा, छोरासमेत रहेको प्रहरीले बताएको छ । छोरा भने डाक्टर रहेको बताइएको छ ।

उनीहरूले ६२-६३ को आन्दोलनपछि मधेशमा चलाइएको नागरिकता वितरण घुम्ती टोलीबाट सिरहामा नागरिकता लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एक प्रहरी अधिकारीले बताए ।

पक्राउ परेका र घटनाको विस्तृत विवरण प्रहरीले दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *