२०८२ चैत्र १ गते आइतवार

हिमालय लोकस्टार’ फाइनलमा प्रवेश गरेका क्षेत्रीलाई गाउँपालिकाबाट ५० हजार सहयोग

प्युठान,बैशाख ८ । हिमालय आइएमइ लोक स्टारको फाइनलमा प्रवेश गरेका सन्तोष क्षेत्रीलाई गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

हिमालय आइएमइ लोक स्टारमा उनि प्रनिस्पर्धीमा रुपमा प्रस्तुति राख्दै आएका छन् । क्षेत्रको घर इस्मा गाउँपालिका ४ दोहली हो ।

उनलाई गृह पालिकाले बिजेता बन्नका लागि भन्दै ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

आफ्नो परिश्रम, लगन र कलाद्वारा जन्मभूमि इस्मालाई सबैतिर चिनाई रहेको भन्दै गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।

रियालिटी शो ‘हिमालय लोकस्टार’ को फाइनलमा पुग्ने लुम्बिनी प्रदेशबाटै एक्लो प्रतिभालाई राष्ट्रको गौरव स्थापित गर्न जुट्ने पालो समस्त गुल्मेलीको भएको खड्काले बताए।

क्षेत्री जिल्लाबासीसँग भोट र आर्शिवाद माग्न जिल्लामा आएका छन् । उनलाई राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीको अगुवाईमा जिल्लाका विभिन्न संघसंस्था र व्यक्तिहरुका बिचमा भोट माग्दै हिडेका छन् ।

हिमालय टेलिभिजनमा हरेक हप्ताको मंगलवार र बुधवार बेलुकी ८ बजे उक्त कार्यक्रम आउने गर्दछ ।

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *