दाङ,फागुन ९ । दाङकाे घाेराही स्थित कलश बचत तथा ऋण सहकारी संस्थाले वैदिक गुरूकुल चाैघेरामा अक्ष्यकाेष स्थापना गरेकाे छ ।
गाेरक्ष पात्रदेवता सिद्ध रतन्नाथ मन्दिरद्वारा सञ्चालित गुरूकुलमा रहेका बटुकहरूलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यले बीस हजार रूपैयाकाे अक्ष्यकाेषकाे स्थापना गरिएकाे हाे ।
सहकारी संस्थाकाे सहकारी शिक्षा कार्यक्रम अन्तरगत सेवा क्षेत्रभित्र रहेका विभिन्न विद्यालयमा यस्तै किसिमकाे काेष स्थापना गरिएकाे संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए ।
संस्थाले यसअघि मावि जजरागाँउ,प्रावि गैरागाउ,प्रावि घाेरदाैरा,आवि गिठेपानी लगायतका विद्यालयमा अक्काेष स्थापना गरिसकेकाे छ ।
संस्थाका अध्यक्ष शर्माकाे अध्यक्षतामा भएकाे अक्ष्यकाेषकाे रकम हस्तान्तरण कार्यक्रममा बाेल्दै मन्दिरका सचिव हिरानाथ याेगीले कलशले दिएकाे अक्ष्यकाेषकाे रकमले गुरूकुलमा पढ्ने बालवालिकामा ठुलाे सहयाेग पुग्ने बताए ।
संस्थाका शिक्षा उप समितिका संयाेजक केशव रिजालकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सञ्चालन सचिव विमल याेगीले गरेका थिए ।