२०८१ बैशाख १३ गते बिहिवार

देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बुटवलमा

बुटवल, माघ २२ । देशभरका उपमहानगरहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवलमा भेला भएका छन् ।

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपमहानगर राष्टिय सम्मेलनमा सहभागी हुन प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवल आइपुगेका हुन् ।

शनिबार बुटवल आइपुगेका उनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले स्वागत गरेको थियो ।

आइतबार बिहान औपचारिक समारोह सकेपछि अहिले उपमहानगरपालिकाहरुका बीचमा आन्तरिक छलफल चलिरहेको छ । छलफलमा उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरुको सहभागिता रहेको छ ।

विज्ञसहितको छलफलपछि साझा विषयहरुलाई समेटेर घोषणा पत्र जारी गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *