२०८१ बैशाख १२ गते बुधवार

तत्काल पानी नपर्ने ः न्यूनतम र अधिकतम तापक्रम बढ्दै

काठमाण्डौ ,माघ २१ । देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले गरेको तीन दिनको पूर्वानुमान अनुसार सोमवारसम्म पानी पर्ने सम्भावना छैन । तर हिमाली केही ठाउँमा हिमपात हुन सक्ने सम्भावना छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले पानी नै पर्ने गरी कुनै पनि उल्लेखनीय मौसम प्रणाली छैन ।

प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ । आज प्रदेश एक र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँको मौसम सामान्यतया सफा नै छ । पर्सि सोमवारपछि मौसममा सामान्य फेरबदल देखिन सक्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए ।
काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने आजको उच्चतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्न सक्ने अनुमान छ ।

विगत चार दिनको विवरण अनुसार काठमाण्डौमा गएको बुधवार न्यूनतम तापक्रम ६ दशमलव ५, बिहीवार ७, हिजो शुक्रवार ६ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो ।

अब बिस्तारै न्यूनतम र अधिकतम तापक्रम बढ्दै जान थालेको छ ।

 

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *