२०८१ बैशाख १३ गते बिहिवार

सन्दीपको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ,माघ २० । नाबालिग बलात्कातर आरोपित क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँलको शुक्रबार बसेको एकल इजलासले काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध दर्ता मुद्दासहित २० लाख धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसहितका कागजात झिकाउन आदेश दिएको हो।

अदालतका प्रवक्ता विमल पौडेलले यो नियमित प्रक्रिया भएको बताएका छन्। ‘इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश जारी गरेको छु, उनले भने, ‘त्यो भनेको मुद्दाको एउटा नियमित प्रक्रिया हो।’

जबरजस्ती करणी मुद्दा ९९ दिन केन्द्रीय कारागार सुन्धारामा बसेर सन्दीप पुस २९ गते रिहा भइसकेका छन्। पाटन उच्च अदालतले उनलाई पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तर त्यो आदेश बदर गर्न मागसहित महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा अदालतमा निवेदन दिइसकेको छ। त्यही निवेदनबारे सुनुवाइका क्रममा फुयाँलको इजलासले यो आदेश शु्क्रबार दिएको हो।

महान्यायाधिवक्ताको कार्यालयले धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेश बदर गर्न माग गरेको छ।

धरौटीमा रिहा भएका सन्दीपको माघ १७ गते नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ। उनलाई फागुनमा नेपालमै हुने त्रिदेशीय सिरिजका लागि बिहीबारदेखि नै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइसकिएको छ।

 

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *