२०८१ बैशाख १२ गते बुधवार

झापा दुर्घटनामा २ को मृत्यु

दमक, माघ २० । झापाको शिवसताक्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दुइवटा ट्रक एकआपसमा ठक्कर भएको थियो ।

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ८८९५ नम्बरको मालवाहक ट्रकलाई सोही दिशातर्फ जाँदै गरेकोे ना ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिइएको जनाइएको छ।

ठक्कर दिने ट्रकका चालक इटहरी उपमहानगरपालिका बक्लौरी निवासी वर्ष ३५ का मदन चौधरीको र पहिचान नखुलेका सह चालकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना बाक्लो हुस्सुका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *