२०८१ बैशाख १३ गते बिहिवार

पश्चिमी न्यून चापीय प्रणाली कमजोर, धेरै ठाउँको मौसम सामान्यतया सफा

काठमाण्डौ ,माघ १८ । आज धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौमसविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले आजदेखि दुईरतीन दिन धेरै ठाउँको मौसम सफा नै रहने अनुमान गरिएको मौसमविद् संजीव अधिकारीले बताए ।

उनका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक बद्ली हुने सम्भावना छ । तर, कहि कतै बादल लागे पनि सामान्यतया मौसम सफा नै रहने उनले बताए ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण हिजो र अस्ति धेरै ठाउँको मौसम धुम्म भएको थियो ।

अस्ति धुम्म भएको काठमाण्डौमा भने हिजो दिउँसो भने पारिलो घाम लागेको थियो । पारिलो घाम लागेसँगै काठमाण्डौको अधिकतम तापक्रम बढेको छ ।

हिजो काठमाण्डौको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस पुगेको मापन गरिएको छ ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *