२०८१ बैशाख १३ गते बिहिवार

घोराही उपमहानगर स्थापना दिवसको अवसरमा चार पत्रकार सम्मानित

घोराही,माघ १६ । घोराही उपमहानगरपालिकाले आफ्नो ४५ औँ स्थापना दिवसको अवसरमा चार जना पत्रकारलाई सम्मान एवं पुरस्कृत गरेको छ ।

नगरको विकासमा सञ्चार क्षेत्रबाट पु¥याएको योगदानको सम्मान गर्दै लुम्बिनीका मुख्य मन्त्री लिला गिरी र नगर प्रमुख नरुलाल चौधरीले नगद सहित सम्मान पत्र प्रदान गरेका हुन ।

नगरको विकासमा सञ्चारमाध्यमको तर्फबाट योगदान पुर्याएको भन्दै राप्ती पोष्ट दैनिकका छवि पुरी, कान्तिपुर टेलिभिजन दाङका संवाददाता अमर क्षितिज भण्डारी र अनलाइनखबर दाङका संवाददाता आभास बुढाथोकी सम्मान गरिएको थियो, भने सरसफाइ अभियानबाट रेडियो मध्यपश्चिमका चन्द्रप्रकाश नेपाली सम्मानित भएका हुन् ।

उपमहानगरले स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मानित गरेको थियो ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *