२०८१ बैशाख १२ गते बुधवार

बिहिवार सुन भाउ तोलामा ७ सय रुपैयाले बढ्यो

काठमाडौँ ,माघ १२ । नेपाली सुनचाँदी बजारमा सुनको भाउले निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको छ। सुनको भाउ आज बिहीबारपनि बृद्धि भएर नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार (माघ १० गते) मात्रै सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको थियो।

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो।

यता, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

विश्व बजारमा सुनको माग बढिरहेको छ। विश्लेषकहरुले मूल्य अझै बढ्दै जान सक्ने भविष्यवाणीहरु गरिरहेका छन्। नेपालमा पनि सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

 

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *