२०८२ माघ २८ गते बुधवार

इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो

काठमाडौँ,पुस २५ । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ ।

आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।

सङ्घका अनुसार काठमाण्डौदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश रुपैयाँ कायम भएको छ ।

काठमाण्डौदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० रुपैयाँ कायम भएको छ ।

काठमाण्डौबाट हुने पर्वतीय उडान ९माउन्टेन फ्लाइट० मा छ सय ८५ भाडा घटेर अधिकतम १४ हजार दुई सय पाँच रुपैयाँ कायम भएको छ ।

काठमाण्डौ–सिमरामा एक सय ८० भाडा घटेको छ ।

त्यस्तै काठमाण्डौ–भद्रपुरमा छ सय, काठमाण्डौ–विराटनगरमा चार सय ८५ रुपैयाँ, काठमाण्डौ–जनकपुरमा दुई सय ६०, काठमाण्डौ–भरतपुरमा दुई सय १५ र काठमाण्डौ–पोखरामा तीन सय २० रुपैयाँ भाडा घटेको छ ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *