२०८१ बैशाख १२ गते बुधवार

पाल्पामा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गयो

पाल्पा,पुस २१ । पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा हिजो बेलुका ट्र्याक्टरबाट खसेर सहचालकको ज्यान गएको छ ।

निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेका भालकुनका २८ वर्षीय सेते सारुलाई त्यही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले सारुको घटनास्थलमा नै ज्यान गएको जानकारी दिएको छ ।

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *