२०८१ जेष्ठ १७ गते बिहिवार

बसको ठक्करबाट कञ्चनपुरमा विद्यार्थीको ज्यान गयो

कञ्चनपुर पुस १ । बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको ज्यान गएको छ ।

आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो । बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका बैज महेन्द्रनगरमा रहेको कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे ।

घर सिसैयाबाट साइकलमार्फत् कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए । घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् ।

प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *