२०८२ जेष्ठ १३ गते आइतवार

चितवनमा पुलबाट ट्रक खस्दा एक जनाको ज्यान गयो

चितवन,मंसिर २० । नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो।

दुर्घटनामा ट्रक चालक धादिङ घर भइ मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए ।

उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *