तुलसीपुर,मंसिर १३ । सभ्य समाजको पहिचान ः लैगिंक हिंसा विरुद्धको अभियना सामुहिक ऐक्यबद्धता, लैंगिक हिंसा विरुद्ध शुन्य सहनशीलता भन्ने मुलनाराका साथ ३१ औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०७९ सुरु भएको छ ।
हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३१ वर्ष भइसकेको छ । महिलामाथि हुने हिंसा मानवअधिकार हननको सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोही अनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो ।
यो अभियान अन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायस्तरदेखि स्थानीय, प्रदेश तथा संघीय स्तरसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ । तर पछिल्लो समयमा पनि महिला हिंसाका घटनाहरु बढी रहेको सराकारवालाहरु बताउछन् । महिला भएकै कारण हुने विभेदका परिणामस्वरुप महिलामाथि हुने हिंसाले निरन्तरता पाएको छ ।
यसको अन्त्य गर्न “संरचनागत असमानताबाट सिर्जित भेदभाव अन्तर्निहित कारणहरूको” सम्बोधन आवश्यक रहेको सहभागीहरुको भनाई थियो । यो तबमात्र सम्भव छ, जब राज्यले “महिलाले आफ्नो स्वपहिचान”का साथ जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित हुने वातावरण सिर्जना गर्छ ।
महिला विरुद्ध र महिला भएकै कारणले हुने सम्पूर्ण हिंसात्मक कार्य महिलामाथि हुने हिंसा हुन् । ‘महिला विरुद्धको हिंसा सार्वजनिक वा निजी जीवनमा लिङ्गका आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउँछ वा पु¥याउने सम्भावना हुन्छ ।
यसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाब र स्वेच्छाचारी रूपमा महिलाको स्वतन्त्रतामा बन्देज गर्ने कार्यसमेत गर्ने महिला पुनस्र्थापना केन्द्र–ओरेक नेपाल दाङकी कार्यक्रम संयोजक इश्वरी थापाले कायपत्र प्रस्तु गदै जानकारी गराइन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० र ओरेक नेपाल दाङको आयोजनामा भएको कार्यक्रममा नेपालमा आर्थिक बर्ष २०७७÷०७८ मा महिला तथा बालबालिका माथि भएका करिव १८ हजार ८ सय र आर्थिक बर्ष २०७८÷०७९मा २१ हजार ४ सय ५१ जना महिला तथा बालबालिका माथि महिला हिंसा भएको उनले बताइन् ।
त्यस्तै सहभागीहरुले महिला हिंसाका घटनाहरु दिन प्रतिदिन बढेको भन्दै त्यसको अत्यका लागि सकारात्म सोचको विकास हुनुपर्ने बताएका थिए । सो अवसरमा ओरेक नेपाल दाङले १६ दिने अभियान अन्तर्गत गर्ने विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराएको थियो ।
मंसिर २३ गते सम्म लौंगिक हिंसा, लागुऔषध दुरव्यवसन, विभिन्न दिवसहरु र लैगिक हिंसा सम्वन्धी बनेका कानुनका विषयमा अन्तरक्रिया छलफल र सचेतना कार्यक्रम दंगिशरण, तुलसीपुर उपमहानगरपालिका भित्र र जिल्लामा सरोकारवालाहरु संग समन्वय गरि गर्ने कार्यक्रम संयोजक इश्वरी थापाले जानकारी गराएकी थिइन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १०का कार्यवहाक वडाध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतमा भएको कार्यक्रमको सहजिकरण वडा सचिव कर्णबहादुर हमालले गरेका थिए ।