२०८२ मङ्सिर २४ गते बुधवार

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५६२ पुग्यो

काठमाडौं,कात्तिक १९ । देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रियको सङ्क्रमितको सङ्ख्या ५६२ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार २७६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १९ तथा एन्टीजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप १७ जना निको पनि भएका छन् । नेपालमा महामारी सुरु भए यता १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *