२०८२ असार ७ गते आइतवार

आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी रूपन्देहीमा

बुटवल,असोज १०। बुटवल उपमहानगरपालिकाको विशेष निमन्त्रणामा आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी रूपन्देही आएका छन ।

अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन ।

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका अध्यक्षसमेत रहेका प्रमुख पाण्डेयले आम्दा ईन्टरनेशनलले स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।

उनले बुटवलले आम्दासँग निरन्तर सहकार्य गर्न चाहेको र बुटवलको अस्पताललाई स्तरोन्नति गर्ने योजनामा रहेको बताए ।

आम्दाका अध्यक्ष सुगानामीले बुटवलसँगको सहकार्य निरन्तर अघि बढाउन ईच्छुक रहेको बताए ।

सुगानामीको नेतृत्वमा रहेको टोलीमा आम्दा नेपालका अध्यक्ष डा.अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा. सरोज ओझा, डा. दिनेश विनोद पोखरेल तथा आम्दा ईन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी र आम्दा नेपालका प्रमुख प्रशासकीय अधिकृत सुदेश रेग्मी रहेका छन ।

करीब ७ वर्षपछि बुटवल आएका अध्यक्ष सुगानामी सोमबार लुम्बिनीमा रहने, मंगलबार लुम्बिनी भ्रमण गर्ने र मंगलबार नै बुटवल उपमहानगरपालिकासँग छलफल कार्यक्रम रहेको आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र बस्यालले जानकारी दिए ।

उनले बुटवल उद्योग वाणिज्य संघ, आम्दा अस्पतालको अवलोकन गर्ने र छलफल गर्ने कार्यक्रम रहेको बताए ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *