२०८२ असार ५ गते शुक्रवार

पहिरोले बन्द रहेको नारायणगढ–मुग्लिन सडक खुल्यो

काठमाडौँ,असोज ८ । पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ ।

गएराति १२ बजेतिर भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको र डोजर लगाएर पहिरो हटाएपछि बिहानदेखि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाटो बन्द हुँदा गन्तव्यमा हिँडेका गाडी र यात्रु राति बाटैमा रोकिएका थिए । अहिले रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डमा बेलाबेला पहिरो खस्दा सडक बन्द हुँदै आएको छ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *