२०८२ असार ६ गते शनिवार

आज गणेश चतुर्थी व्रत ःआजकै दिन गणेशको जन्म भएको शास्त्रीय मान्यता

काठमाण्डौ,भदौ १५ । भाद्र शुक्ल चतुर्थीका दिन आज गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइँदैछ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरि गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

हरितालिका तीजको व्रत पारायण गरि गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा।डा देवमणि भट्टराईले जानकारी दिए ।

यस अवसरमा केहीले गणेश चतुर्थीको व्रत समेत गर्छन् । मङ्गल चतुर्थीसमेत भनिने यो पर्वलाई नेवार समुदायले भने चथा पर्वका रूपमा मनाउँछ ।

तिथिको घटबढका कारण चथा पर्व हिजो नै मानिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *