२०८१ फाल्गुन ६ गते मङ्गलवार

भारतीय सेना प्रमुख भदौ १९ मा आउने

काठमाण्डौ,भदौ ९ । भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ मा नेपाल आउने भएका छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार सेना प्रमुख भएपछि पाण्डे पहिलो पटक नेपाल आउन लागेका हुन्।

काठमाडौंमा पाण्डेले नेपाली सेनाका अधिकारीहरूसँग द्विपक्षीय वार्ता गर्ने छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदवी पनि प्रदान गर्नेछिन्।

नेपाल र भारतमा एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने परम्परा छ। पाण्डे गत वैशाखमा भारतीय सेनाको प्रमुख नियुक्त भएका थिए।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *