२०८२ असार ९ गते मङ्गलवार

निकुञ्जमा घाँस काट्न गएकाको मृत्यु भएपछि स्थानीयले गरे सुर्खेत सडक अवरूद्ध

सुर्खेत, साउन ३० । सुर्खेत भेरीगंगा–५ का स्थानीयले नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरूद्ध गरेका छन्।

जंगली जनावरको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएपछि आफन्त र छिमेकीले राजमर्गअन्तर्गत बबईमा सडक अवरूद्ध गरी आन्दोलन गरिरहेका छन्।

आइतबार बेलुका भेरीगंगा–५ गेरवानीका रामबहादुर चन्द र कवी ओलीको जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका उनीहरू मृत फेला परेका थिए।

स्थानीयले मानवीय क्षति पुर्‍याउन जंगली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग राख्दै सोमबार बिहान ११ बजेदेखि सडक अवरूद्ध गरिरहेका छन्।

स्थानीयले सडक अवरूद्ध गरेपछि सुर्खेत भित्रिने र सुर्खेतबाट बाहिरिने यात्रुहरू मर्कामा परेका छन्।

स्थानीयसँग समन्वय गरी अवरूद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *