२०८१ चैत्र ९ गते शनिवार

तलब वृद्धिमा विभेदविरुद्ध नासुहरु आन्दोलित

काठमाडौं,साउन २४ । प्रक्रिया मिचेर पर्याप्त अध्ययनबिनै कर्मचारीको तलब बढाउने सरकारी तयारीसँगै त्यसको विरोधमा नासुहरु आन्दोलित भएका छन् ।

कर्मचारीको तलबमान असमान ढंगले बढाउन खोजिएको भन्दै मंगलबार काठमाडौं उपत्यकाका नायब सुब्बाले अर्थ मन्त्रालयमा धर्ना दिएका हुन् ।

बजेट वक्तव्यमा भएको व्यवस्थाविपरीत र कर्मचारीभित्रै विभेद हुने गरी तलब बढाउन खोजिएको उनीहरूको भनाइ छ ।

आजको विरोध कार्यक्रम देशभर गर्ने उनीहरूले बताएका छन् ।

सोमबार कर्मचारीको विरोधपछि तलबसँग सम्बन्धित विषय आयोग गठन गरेरै टुंग्याउने निर्णयमा अर्थ मन्त्रालय पुगेको छ ।

प्रस्तावित तलबमान कायम नगर्ने भनेर मन्त्रालयले प्रतिबद्धता जनाए पनि कर्मचारीले विरोध कार्यक्रम जारी राखेका हुन् ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *