२०८१ असार ६ गते बुधवार

तुलसीपुरको होन्डा शोरुमा अबदेखि सार्वजनिक सौचालय


तुलसीपुर,जेठ २३ । होन्डा शोरुमले सोमबारदेखि तुलसीपुरको हात्ती खौवास्थित कार्यालयमा निशुल्क सार्वजकि सौचालयको सूरुवात गरेको छ ।

होन्डा कम्पनीका मोटरसाइकल र स्कुटरहरुको तुलसीपुरस्थित आधिकारिक बेक्रेताको कार्यालयले सर्वसाधारणका लागि भनेर निशुल्क सार्वजनिक सौचालयको सुरुवात गरेको हो ।

उक्त कम्पनीले देशभरका एक सय तीन वटा शाखा सबैमा यस्ता निशुल्क सार्वजनिक सौचालय निर्माण गर्ने लक्ष्य अनुरुप तुलसीपुर शाखामा निशुल्क रुपमा सार्वजनिक सौचालय प्रयोगमा ल्याइएको शोरुमका प्रोपाइटर दिपेश भण्डारीले जानकारी दिए ।

कम्पनीको नीति अनुरुप सर्वसाधारण बटुवाको सुबिधालाई मध्यनजर गर्दै सार्वजनिक सौचालय प्रयोगमा ल्याइएको भण्डारीले बताए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *