नेपालगञ्ज,जेठ १८ । बाँकेको राप्तीसोनारीमा थारु समुदायमा बढी देखिएको सिकलसेल तथा थालसेमिया रोगको जाँच तथा परामर्श शिविर सुरु भएको छ।
स्वास्थ्य कार्यालय, बाँकेले राप्तीसोनारी गाउँपालिका वडा नं.४, कुम्भर स्कुलबाट शिविरको सुरुवात गरेको हो।
शिविरको गाउँपालिकाका प्रमुख तप्त पौडेल, स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहलगायतले उद्घाटन गरे।
पश्चिम नेपालका १३ प्रतिशत थारु समुदायमा सिकलसेल तथा थालसेमिया रोगको संक्रमण रहेको छ।
राप्तीसोनारीको थारुबस्तीमा थालिएको शिविरमा दैनिक ५० जनाको जाँच गर्ने र रोग देखिएका बिरामीलाई त्यही डाक्टर लगेर उपचार गर्ने स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।
स्वास्थ्य कार्यालयले राप्तीसोनारीको दुई हजार मानिसको जाँच गर्ने जनाएको छ। सिकलसेल वंशाणुगत रोग हो। यो थारु समुदायमा बढी देखिएको छ।
प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार