पाल्पा,जेठ ९ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको जोरधारामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
तिनाउ गाउँपालिका–५, कालीमाटी नजिकै खसेको सुख्खा पहिरोका कारण सवारी साधन रोकिएका छन् । पहिरो ठूलो खसेकोले खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले सुख्खा पहिरो खसेको र डोजर खोजी भएको बताए । घटनास्थलमा प्रहरी प्रहरी परिचालन गरिएको छ ।
पाल्पा तर्फबाट बुटवल जाँदै गरेका र बुटवलबाट पाल्पा आउँदै गरेका सवारी साधन अलपत्र परेका छन् । गौडेपुल नजिकदेखि चर्चरेसम्म सडक डिभिजनले चौडा गरेको थियोे ।
प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
