धनगढी,बैशाख २८ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
स्थानीय समयअनुसार १० बजेर १८ मिनेटमा सुदूरपश्चिमका दार्चुला, बैतडी र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
केन्द्रका अनुसार दार्चुलाबाट ३० किलोमिटर टाढा भारतमा केन्द्र बनाएर ५.३ स्केलको भूकम्प गएको हो। भूकम्पबाट क्षति भएको विवरण अहिलेसम्म नआएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०७९ बैशाख २८ गते बुधवार