२०८१ साउन ९ गते बुधवार

साथीको सहयोगमा गर्भवती श्रीमतीको हत्या

जनकपुरधाम,फागुन ९ । मेला घुम्न लैजाने वहानामा एक व्यक्तिले गर्भवती पत्नीलाई सर्लाहीबाट महोत्तरी पुर्याएर हत्या गरेको खुलेको छ ।

भारत सीतामढीका अजय महतो कोइरीले २७ वर्षीया श्रीमती रा अपसना खातुनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

अपसनाको शव ४ फागुनमा जंगलभित्र फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले अजयलाई ६ फागुनमा नेपाल–भारत सीमानाबाट पक्राउ गरेको थियो । बयानका क्रममा उनले हत्या गरेको स्वीकारेको विष्टले बताए ।

हत्यामा अजयलाई सहयोग गरेको आरोपमा सर्लाहीको मलंगवा नगरपालिका–९ का प्रमोद राउत पनि पक्राउ परेका छन् । अर्का सहयोगी फरार रहेको प्रहरीको भनाइ छ ।

अजय, श्रीमती र दुई छोरासँगै सर्लाहीको मलंगवा नगरपालिका–९ मा डेरा गरी बस्थे । उनले ‘मेला घुम्न जाऔं’ भन्दै श्रीमती र छोराहरुलाई टेम्पो चढाएर महोत्तरी पुर्याएको र सागरनाथ वन विकास परियोजनाको जंगलभित्र लगेर साथीको सहयोगमा श्रीमतीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी विष्टले जानकारी दिए । अपसना ८ महिनाको गर्भवती रहेको प्रहरीको भनाइ छ ।

पत्नीको हत्यापछि अजयले आफ्ना दुई छोरालाई नजिकैको एक होटलमा बेवारिसे छाडेर भागेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *