२०८१ असार १० गते आइतवार

करेन्ट लागेर दुई जनाको ज्यान गयो

धनुषा,साउन २७ । धनुषामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।

भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह हुँदा कीर्तनमण्डली लक्ष्मीनिया गाउँपालिका–३ का ५५ वर्षका विन्दा दास र ५० वर्षका मनिराम यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा भजनकीर्तन भएको थियो । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *