तुलसीपुर, फागुन १७ । चलचित्र पत्रकार संघ दाङ शाखाको नियमित बैठक आज तुलसीपुरमा सम्पन्न भएको छ । बैठकमा ऐतिहासीक भोटे मेला प्रचारप्रसार सम्बन्धमा छलफल भएको हो । दाङको समृद्धिको लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ ले ऐतिहासिक भोटे मेलाको लागि पहल गरेको छ । मेला फागुन २६ गतेदेखि चैत २ गतेसम्म तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ७ स्थित कालाखोलामा लाग्दै छ ।
साथै संघले चलचित्र पत्रकार संघको वार्षिक साधारणसभा यहीँ फागुन २९ गते शनिबारका दिन तुलसीपुरमा गर्ने भएको छ । वार्षिक साधारणसभामा अक्षयकोष स्थापना तथा बिभिन्न व्यक्तिलाई सम्मान गर्ने निर्णय समेत गरिएको हो । दाङ शाखाका अध्यक्ष शिब पुनको अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार