एच.आर. मगर,
दाङ,जेष्ठ ६ । भन्ने गरिन्छ नी कोहि नहुनेको भगवान हुन्छन् । साच्चिकै आज यो कुराले सार्थकता पाएको छ ।विगत ३ वर्ष अगाडि श्रीमतीको हत्या गरि श्रीमान जेल गए र दुई बालबालिकाको वीचल्ली भयो । यो तीन वर्ष कहिले फुपुको घरमा त कहिले सानीमा, ठूलीआमाको घरमा बित्यो । तर सधैभरि यसैगरी जीन्दगी त जाने थिएन ।
गाउँलेसहित वडा कार्यालयको समन्वयमा जंगल जजिकै एउटा सानो जस्ताले बेरेको झुपडी बनाइयो । आमाबुवाविहीन नानी बाबुलाइृ त्यहि एक्लै बस्न थाले । जब झुपडि देखिन्छ हरेकले एक पटक सोच्ने गर्छ होला यहाँ दिन त जसोतसो कट्यो होला तर रात ? यो कुरा यो तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ बस्तीको पुन परिवारको । बिचल्ली अवस्थामा दिनरात जुजारिहेका बालबालिका हुन् १२ वर्षीया तिला पुन र उनका भाई ६ वर्षीय टिकाराम पुन ।
उनीहरुका बासस्थानमा जब पत्रकार एच.आर. मगर प्रदिप भण्डारी र सुमन केसीको पहलमा व्यवसायी जयराम वली पुगे त्यहाँ न खाने चामल थियो न तरकारी न त खाना पकाउने राम्रा भाडा नै । यहाँसम्म कि त्यहाँ लगाउनेदेखि ओढ्ने ओछ्याउने लत्ताकपडासमेत थिएनन् ।उक्त अवस्था देखिसकेपछि यो टिमले पुन परिवारलाई शुरुवाती चरलमा नुन, तेल, चामलसहित लत्ताकपडा उपलब्ध गराएको थियो । हाल भने यो टिमले उनीहरुको घर बनाउन शुरु गरेको छ । सोमबार तिला पुन र जयराम वलीको हातबाट घरको शिलन्यास गरिएको छ । वलीका अनुसार अबको दुई हप्ताभित्रै घर बनाई नानी बाबुलाई व्यवस्थित तरिकाले राखिनेछ ।