२०८१ बैशाख ६ गते बिहिवार

प्रिन्सिपल नारायण भट्टराईले जिते ‘स्लो बाईक रेस प्रतियोगिता’ उपाधी


तुलसीपुर, पुस २३ । ‘स्लो बाईक रेस प्रतियोगिता’मा प्रिन्सिपल नारायण भट्टराई प्रथम भएका छन् । निजी विद्यालयहरुको छाता संठठन प्याब्सनले आफ्नो २९औं स्थापना दिवसको अवसरमा तुलसीपुरमा बुधवार प्रिन्सिपलहरुको बीचमा स्लो बाईक रेस प्रतियोगिता आयोजना गरेको थियो ।

उक्त प्रतियोगितामा शान्तिदीप ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिप भट्टराईले २६ जना प्रतिपर्धिहरुलाई जितेर प्रथम स्थान हासिल गरेका हुन ।

प्रतियोगितामा हाम्रो पहुँच सेकेण्डरीका प्रन्सिपल डिआर भण्डारी दृतिय भए भने तृतिय स्थान न्यू लक्ष्मी माबिका प्रिन्सिपल सागरमणि अधिकारीले प्राप्त गरेका छन् ।

मंगलवार लहमीमा प्याव्बसनले आफ्नो स्थापना दिवसको उद्घाटन गरेको थियो ।

जस्ले विहीवार घोराहीमा प्याब्सन र पत्रकारका बीचमा मैत्रिपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउन सुरु गरेको उस्ले शुक्रजवार घोराहीमा कार्यक्रम समापन गर्ने जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ पुष २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *