२०८१ बैशाख ८ गते शनिवार

पश्चिम दाङकी एक किशोरी बेपत्ता


प्रेम पुन, तुलसीपुर, मंसिर ४ । पश्चिम दाङमा एक किशोरी हराएपछि अभिभावकले खोजी गरिदिन आग्रह गरेका छन् । पश्चिम दाङको बबई ७ मलई जलजलाकी विमला विकले आफ्नी १५ बर्षिया छोरी खिमा विक हराएको भन्दै खोजी गरि दिन आग्रह गरेकी छन ।

गत असोज ५ गते तोरी पेलाउन भनि शान्तिनगर ६ तिलवारी आएकी छोरी घर नफर्केको भन्दै विमलाले खोजी गरिदिन आग्रह गरेकी छन् । छोरी हराएको लामो समय वितिसक्दा पनि कुनै अत्तोपत्तो नभएको हुँदा आमा विमला र आफन्त चिन्तामा छन् ।

विमलाले उक्त आशयसहितको जाहेरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा दिएकी छन् । प्रहरीले त्यसवारे अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *