सम्पादकीय
तुलसीपुर अहिले पनि गाउँले बजार भन्दा फरक छैन । संसाँझै बजार बन्द भइ सक्छ । बिहान भने गाउँ घरबाट तरकारी र दूध बेच्न आउने उपभोक्तालाई मध्यनजर गर्दै सबेरै बजार खुल्छ । तर, बेलुका संसाझैं पसल बन्द भइ सक्छ । हालसम्म पनि ब्यापार ब्यबसायमा तुलसीपुरको आफ्नै ‘ब्राण्ड’ मुलक भर स्थापित भइ सकेको छैन ।
सोना सिमेन्ट उद्योग बाहेक अर्कौ ठूलो उद्योग छैन । फ्लोर मिल, तेल मिल, चामल मिल आदि तुलसीपुरका प्रमुख ब्यापारका उदाहरण हुन । चामल वा तेलमा पनि दाङको ब्राण्ड स्थापित गर्न कोही लागि परेको देखिन्न । यहाँको गहुँ, चामल, तोरी, मसुरो सस्तोमा बाहिने र इण्डिया वा तेस्रो मुलकबाट ती यहाँ ल्याइ बेच्ने ब्यापार छ । जो भविश्यका दिगो नहुनपनि सक्छ ?
काठमाडौं, रुपैडिया, बुटवल, भैरहवासम्म गइ तयारी वा काँचो कपडा वा सामान किनेर ल्याइ बेच्ने ब्यापारी अधिकाँस छन् । तुलसीपुर क्षेत्रमा हालसम्म एउटापनि फोर स्टार वा फाइभ स्टार लेभलको होटेलसम्म छैन । आजको तुलसीपुरले आफैलाई ब्राण्ड बनाउने खाले साना, मझौला र केही ठूलो उद्योग खोजी रहेको छ ।
बिगतको अंचल सदरमुकाम तुलसीपुर हालसम्म अपेक्षा गरे अनुसार किन बनेन ? किन बिकास भएन ? त्यसका पछाडि धेरै कुराहरु होलान । राम्रा नराम्रा धेरै कुराहरु अवश्य छन् । पछिल्लो केही दशक यता असुरक्षित तुलसीपुर भन्ने अफवा नै छ ।
सुरक्षा चौनौतीकै कारणपनि बेलुका संसाझैं तुलसीपुर बजार सुतिसक्छ भन्नेहरु आजनि धेरै छन् । सत्य के हो भन्दा तुलसीपुर संग कतैको पनि राम्रो कनेक्टिभिटी नहुनु प्रमुख समस्या हो । न हवाइ सेवा भरपर्दौ र नियमित , न फराकिला सडकहरु नै छन् । प्लेनबाट भैरहवा वा नेपालगंज भइ दाङ आउनु पर्ने बाध्यता आजपनि जस्ताको त्यस्तै छ भन्दा अतिशयुक्ति नहोला ।
ती सबै सेवा सुबिधा हुन्थे भने सायद तुलसीपुर बजार साँझ ढले संगै सुत्ने थिएन । सुरक्षाको दृष्टिकोणबाट पनि कम्तिमा बजारको मूख्य भाग रातभर उज्यालो पार्न जरुरी हुन्छ । हाइमाष्ट लाइट वा उज्यालो तुलसीपुर बनाउन नयाँ नेतृत्वले भुमिका निर्वाह गर्नु अति आवश्यक छ । सुरक्षाको उचित प्रबन्ध बिना ब्यापार ब्यबसाय फष्टाउन सक्दैन ।
तुलसीपुर बजारलाई प्राबिधिक रुपमा पनि त्यत्तिकै सशक्त बनाउन जरुरी छ । सिसी टिभी क्यामेराले चौबिसै घन्टा बजार निगरानी गर्ने प्रबिधि हुनु पर्छ । तुलसीपुरलाई असुरक्षित र अशान्त सहर भन्ने भ्रम चिर्ण अति जरुरी छ । त्यसमा बिनिल नेतृत्वको टिम गम्भीर ढ्रगले लाग्न जरुरी छ ।
अर्को तर्फ यो देशमा बसेर केही हुँदैन । यहाँ कुनैपनि रोजगारिका अवसर छैनन् भन्ने भाष्य स्थापित गर्न खोजीएको छ । धेरै युवा बिदेश पलायन हुने क्रम रोकिएको छैन । यो रोक्न र स्थानीय स्तरमै रोजगारी सृजना भाषण गरेर मात्रै हुँदैन ।
साना तथा ठूला उद्योग धन्दा, कल कारखाना स्थापना र कृषीमा युवा परिचालन जरुरी छ । रुग्न उद्योगलाई चलायमान गराउने, युवामा आशाको संचार गर्ने सुत्रधार बिनिलको टिम बन्ने आशा गरिएको छ । बर्षौंदेखि टरिगाउँ एयरपोर्ट हरेक निर्वाचनको बेला चर्चामा आउँछ ।
ब्यापारिक संस्थाको प्रमुख काम उद्योगी ब्यबसायकीको हितमा काम गर्नु , ब्यापार पर्बद्धनमा लाग्नु तथा ब्यापारिका दैनिक आइपर्ने कठिनाइहरु हल गर्नु जस्ता होलान । तर, तुलसीपुर क्षेत्रको ब्यापार ब्यबसाय फष्टाउन एयरपोर्ट कोषेढुंगा साबित हुन सक्छ । यहाँ आउने सडकहरु चिल्ला र फराकिला बनाउन आवश्यक छ ।
सफल नेतृत्व भविश्य निर्माणमा लाग्न सक्नु पर्छ । ती उदेश्य पुरा गर्न स्थानीयदेखि प्रदेश र संघ सरकार संग समन्वयकारी भूमिका निर्वाह गर्न बिनिलको टिम अग्रशर हुनै पर्छ ।
तुलसीपुर उद्योग बाणिज्य संघमा ंंबैशाख २९ गते नयाँ नेतृत्व चुन्नका लागि मतदान भयो । निर्वाचनमा नेपाली काँग्रेसको नेतृत्वमा बिनिल रिजालको प्यानल र काँग्रेस कै भएपनि टिकट नपाउँदा रुष्ट बनेका ललितजंग शाह नेतृत्वको प्यानल अन्य दलहरु संग मिलेर चुनाबमा होमिएका थिए । शाहको प्यानलमा नेकपा एमाले, नेकपा माओबादी केन्द्र र अन्य दलहरुको पनि साथ समर्थन थियो ।
काँग्रेस बाहेकका सबै दल एकातर्फ र काँग्रेसका उम्मेदवार एक्लै चुनाबी मैदानमा भिडेका थिए । सोमबार बिहानै सार्वजनिक मत परिणाम अनुसार काँग्रेसका उम्मेदवार बिनिल केसी अध्यक्ष पदमा निर्वाचित भए । काँग्रेसले खडा गरेका मध्य कुल १३ जनाले जित हासिल गरे । तर, दुई पदाधिकारी र दुई महिला सदस्य भने गठबन्धनका उम्मेदवार निर्वाचित भए । यसले संघ भित्र चेक एण्ड ब्यालेन्सको वाताववरण निर्माण हुने विश्वास छ ।
ब्यापारीहरुको साझा संगठन बाणिज्य संघमा कसैको पनि एकाधिकार वा मनपरी चल्नु हुँदैन । त्यो सबैको साझा थलो बन्न सक्नु पर्छ । मतदाताले त्यही आशय ब्यक्त गरेका छन् । जित्नेहरु मात्तिने र हार्नेहरु आत्तिने गर्नु हुँदैन । जितको उन्माद र हारको कुण्ठाले संस्था साझा बन्न सक्दैन ।
अशल भावनाले आफ्ना लागि मात्रै नभइ समाजका लागि पनि केही गर्ने हुटहुटी पालिले नेतृत्वमा पुग्ने चाहाना गर्नु अन्यथा होइन । राम्रो राम्रोको बीचमा पनि झनै राम्रो चुन्न प्रतिष्पर्धा हु्नु स्वभाविक हो । निर्वाचन परिणाम आइ सकेपछि त्यसको अर्थात हार जितको तुस कसैले पनि मनमा पाल्नु हुन्न । हार्नेहरुले थभविश्यका लागि थप तयारी गर्ने अभ्यास थाल्नु पर्छ । त्यसैले निर्वाचनको क्रममा मात्रै पक्ष बिपक्ष हुनुपर्छ भन्ने गरिन्छ ।
निर्वाचित हुनेहरुले पनि साझा चरित्र पर्दशन गर्न सक्नु पर्छ । तुलसीपुर बाणिज्य संघलाई उद्योगी ब्यबसायीको साझा थलो बनाउन जित्ने र हार्ने सबैले हातेमालो गर्नु जरुरी छ । अन्यथा तुलसीपुरको अवस्था ‘जस्ता थिए मित उस्ता उस्तै’ भन्ने नेपाली उक्ति मात्रै चरितार्थ हुने छ ।
यसको अर्थ तुलसीपुर क्षेत्रको ब्यापार ब्यबसाय उस्तै रहनु हो । बिगतको भन्दा फरक नहुनु हो । उच्च शिक्षा हासिल गरेका, जोशिला युवाहरु अहिले बाणिज्य संघमा निर्वाचित भएका छन् । उनीहरु अब अग्रजको सल्लाह सुझावमा अगाडि बढे धेरै कुरा संभव छ । ब्यापार क्षेत्रमा गुणात्मक रुपान्तरण र परिवर्तण संभव छ ।
चुनाब बारे सबैका आ–आफ्ना विश्लेसनहरु हुन सक्लान । तर, मतदाताले एकदमै सुन्दर फूलका कोपीलाहरु चुनी–चुनी माला उनको प्रतित भइ रहेको छ ।
गठबन्धनबाट उम्मेदवार बनेपनि काँग्रेस निकट कै विश्व बस्नेत उद्योग उपाध्यक्षमा सानदार मतका साथ निर्वाचित भए । विश्व संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतका नाति र पूर्व अध्यक्ष हिमाल बस्नेतका छोरा हुन । भर्भराउँदो उमेरका विश्वले उच्च शिक्षा हासिल गरेका छन् । अध्यक्ष बिनिल आँफैपनि अण्डर ४० उमेर समुहका हुन । उच्च शिक्षा हासिल गरेका बिनिलको टिममा निर्वाचित हुने मध्य अधिकाँस अण्डर चासिल उमेर सहुका छन् । प्राय सबै ब्यापार ब्यबसायमा राम्रो गरि रहेका चर्चित अनुहारहरु छन् ।
उद्योग बाणिज्य संघमा निर्वाचित मध्य अधिकाँस युवा आफ्नो ब्यापार ब्यबसायका अलबा सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् । त्यसैले सफल युवा ब्यबसायी र त्यसमा पनि सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय यो टोली बाट समाजले आश गर्नु स्वभाबिक हो । यो आश लाग्दो टिमलाई सबै राजनीतिक दल र अग्रज उद्यागी ब्यबसायीले पनि सकारात्मक काममा सघाउन जरुरी छ ।