२०८० चैत्र १६ गते शुक्रवार

राजधानी कार्यान्वयन

 

सम्पादकीय

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी दाङमा स्थान्तरण भइ सकेको छ । नेकपा माओबादी केन्द्रका नेतासहेत रहेका मुख्य मन्त्री कुलप्रशाद केसी (सोनाम) कार्यालय स्थान्तरण पछि फर्किएर बुटवल गएका छैनन् । मुख्य मन्त्री जहाँ बस्छ त्यही राजधानी हो । उनले गरेको यो कुनै नयाँ काम भने थिएन ।

२०७७ साल असोज २० गतेको प्रदेशसभाले मतदान प्रक्रियामार्फत दुई तिहाई बहुमतले प्रदेश राजधानीको केन्द्र दाङको ‘राप्ती उपत्यका’ र नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव पारित गरेको थियो । राजधानी तोक्ने प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ जनाले मतदान गरेका थिए । प्रदेशसभाका ८७ सदस्य मध्ये उक्त दिन ८२ सांसदमात्र उपस्थित थिए ।


प्रदेशको नाम ‘लुम्बिनी’ राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा चार जनाले मात्रै मतदान गरेका थिए । स्थायी राजधानीको क्षेत्रभित्र दाङको राप्ती गाउँपालिका, गढवाका तीन वटा र अर्घाखाँचीको शीतगंगा नगरपालिका दुई वडा पर्दछन ।

त्यसैले यो अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गरिएको मात्रै हो । जो संविधान र कानुनको पालना गर्नुपनि हो । मुख्यमन्त्रीको यसमा इमान्दारिता झल्किएको छ । सार्बभौम सत्ता सम्पन्न प्रदेशसभाले गरेको निर्णय फेर बदल हुने अवस्था हुँदैन थियो । राजधानी तोक्ने निर्णय पटक÷ पटक हुने निर्णयपनि हुँदै होइन । त्यो कार्यान्व गर्नु कुनैपनि सरकार प्रमुखको प्रमुख दायित्व हुने गर्छ ।


मुख्य मन्त्री केसीले अहिले त्यही दायित्व मात्रै पुरा गरेका हुन । कतिपयले आग्रह पूर्वाग्रह राखेर रातारात ‘चोर’ जसरी सामाग्री ओसारेको आरोप उनलाई लगाउनु पूर्वाग्रही सोच हो । ढोङ हो । राजधानीलाई आफ्नो पेवा ठान्नेहरुको दम्भ हो ।
केसीले जस्तै इमान्दारिता र क्रियासिलता देखाएको भए यसअघि नै राजधानी स्थान्तरण भइ सक्थ्यो । मुख्य मन्त्री केसीले कार्याकालको अन्तिममा आएर राम्रो काम गरेर बिदाई हुँदै छन् । यस्लाई सकारात्मक मान्नु पर्छ ।


संघीयताको अर्थ जति हुन्छ नजिकमा राज्यको सेवा सुविधा जनतालाई पु¥याउनु हो । बुटवल धेरैका लागि अपायक थियो । रुकुम पूर्व, बर्दियाका जनताले घन्टौंको यात्रा गर्नुपर्ने अवस्था थियो । राजधानी दाङ आएपछि अब त्यो बाध्यात्मक कष्ट कम हुने देखिएको छ । अहिले तोकिएको राजधानी प्रदेशका बाह्रवटै जिल्लाबासीका लागि केन्द्र भागमा छ । यो सबै जिल्लाबासीका लागि बराबरको दुरीमा पर्ने हुँदा राजधानी जति हुन्थ्यो छिटो स्थान्तरण हुनु पर्ने थियो । यहाँ नेर केही ढिलै भएपनि राम्रै भएको छ ।


ठूला सहर र बिकसित ठाउँ त पहिलै नै सुविधा युक्त छन् । ठूला अस्पताल, राम्रा सडक, ठूला स्कूल कलेज, राम्रो सुरक्षा प्रबन्ध तीनै ठाउँमा मात्रै बढी छ । अब विकासका दृष्टिकोणले पछाडि पारिएको देउखुरी उपत्यका र यसपासका जिल्लामापनि बिकासको लहर भित्रने आशा गर्न सकिन्छ ।

त्यसैले राजधानी कार्यान्वयका लागि सबैले सघाउन जरुरी छ । कसैले पनि यस्मा बखेडा झिक्नु हुँदैन । भेगिय र क्षेत्रीय राजनीति गरिनु हुँदैन । ब सबै मिलेर यसको सुन्दर भविश्य कोर्न तर्फ लाग्न आवश्यक छ ।


स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा नयाँ प्रदेशसभा सदस्यको शपथ र सभा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको । यसले पछाडि पारिएको देउखुरी उपत्यका बासी निकै उत्साहित छन् । राजधानीले नयाँ उत्साह र आशाको सञ्चार गराएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *