काठमाण्डौ,बैशाख २६ । प्रहरीले नेकपा एमालेका सचिव एवम् सांसद टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ ।
मङ्गलवार खुमलटार हाइटमा रहेको रायमाझीको घरमा प्रहरीले छापा मारेको हो । नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत उनी पक्राउ परेका छैनन् । तर आज भने प्रहरीको टोलीले उनको घरमा छापा मारेको हो ।
रायमाझीको घरमा उनको गाडी भेटिएको थियो ।
प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार