२०८२ चैत्र ३ गते मङ्गलवार

कर्णालीका चार मन्त्रीले आज शपथ लिँदै

सुर्खेत,बैशाख ६ । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

नेकपा माओवादी केन्द्र र कांग्रेसबीच बनेको नयाँ समीकरण अनुसार मंगलबार कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई बुझाएको थियो ।

कांग्रेसले सुर्खेत १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकासमन्त्री, जाजरकोट प्रदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको थियो ।

यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले पनि आजै शपथ लिने जनाइएको छ । गत पुस २७ गते एमाले र माओवादीबिच भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय एउटै मन्त्रालय बनाउने निर्णय भएको थियो ।

तर, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएर भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्रालय र ऊर्जा तथा जलसोत मन्त्रालय बनाउने निर्णय भएपछि विकले ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित शपथ लिने भएकी हुन् ।

नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारले गराउने कार्यतालिका छ ।

प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *