२०८१ बैशाख १३ गते बिहिवार

गलत समाचार लेखे कान्तिपुर घेर्छुः रवि लामिछाने

काठमाडौँ ,माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आफूविरुद्ध गलत समाचार लेखे कान्तिपुर मिडिया घेराउ गर्ने चेतावनी दिएका छन्।

रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले यस्तो चेतावनी दिएका हुन्।

तथ्यका आधारमा समाचार लेखे आफूलाई मान्य हुने तर आफूमाथि प्रहार गर्ने नियतले गलत समाचार लेखे आफ्ना समर्थक लिएर कान्तिपुर घर्न पुग्ने बताएका हुन्।

गलत समाचार लेख्ने मिडियालाई आफूले आफ्नो तरिकाले कारबाही गर्ने लामिछानेको चेतावनी थियो। आफ्ना समर्थक लिएर मिडियाका कार्यालयमा गएर धर्ना दिने उनले बताए।

पत्रकार सम्मेलनका क्रममा उनले मिडियाले आफूलाई बदनाम गर्न निरन्तर प्रहार गरेको बताएका थिए।

त्यसक्रममा उनले उकेरा डटकमलाई भने उनले धन्यवाद दिएका थिए। आफ्नोबारेमा तथ्यका आधारमा समाचार लेखेको भन्दै उनले उकेरालाई धन्यवाद दिएका हुन्।

उनले नामै तोकेर पत्रकारहरुलाई आफूसँग चितवन २ मा चुनाव लड्न आउन चेतावनी पनि दिएका थिए।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *