२०८३ कार्तिक १ गते शनिवार

माओवादी स्थायी कमिटीको बैठक दुई बजेसम्मका लागि स्थगित

काठमाडौँ ,माघ १२ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सरेको छ। आज बिहीबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको हो।

पार्टीको स्थायी कमिटीका एक सदस्यका अनुसार उक्त बैठकमा डा‍।बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीलगायतका दलहरूसँग पार्टी एकता र अन्य राजनीतिक विषयमा छलफल गर्ने तयारी छ।

यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादीलगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *