२०८० चैत्र ३० गते शुक्रवार

एकताका लागि वार्ता गर्दै एकीकृत समाजवादी र जनता समाजवादी

काठमाडौँ,पुस २८ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुन लागेको छ। एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी दिए।

पार्टी एकताका लागि जसपा नेपाल र एकीकृत समाजवादीबीच छलफल हुन लागेको कार्यदलका एक सदस्यले जानकारी दिएका छन्। उनका अनुसार जसपा नेपालले नेताहरू – राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ।

यसैगरी, एकीकृत समाजवादीले महासचिव वेदुराम भुसालसहित नेताहरूस् डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेको कार्यदल बनाएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट गरी १२ सांसद छन्।

यता, एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि ‘थ्रेसहोल्ड’ कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन। नेकपा एमालेबाट अलञगिएको एकीकृत समाजवादी यसपाली पहिलोपटक निर्वाचनमा होमिएको हो।

एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन्। उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ। हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ।

यता, नेकपा एमाले त्यागेका नेता घनश्याम भुसालपनि एकीकृत समाजवादीमा प्रवेश गर्दैछन्। महत्त्वपूर्ण र सम्मानजनक जिम्मेवारीसहित उनी पार्टी प्रवेश गर्न लागेको समाजवादी सचिवालयले जनाएको छ।

भुसाललाई पार्टीमा भित्र्याउनका लागि एकीकृत समाजवादीले बुधबार साँझ ‘स्वागत पत्र’ पठाएको छ। सोहीअनुसार भुसाल अबको २(४ दिनमा पार्टी प्रवेश गर्दैछन्।

 

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *