२०८१ बैशाख १३ गते बिहिवार

पार्टीभित्रैको अन्तरघातले निर्वाचनको परिणाममा असर पुग्यो – प्रकाशमान सिंह

काठमाडौं,पुस ९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरूले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गर्न लागिपरेको बताए।

सो क्रममा आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियान चलाइएको उनको आरोप छ।

‘चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो। अरू उम्मेदवारको विषयमा पनि यस्तै गरियो। यसको असर निर्वाचन परिणाममा देखियो। जित्ने ठाँउमा पनि कांग्रेसले पराजय भोग्नुपर्‍यो’, नेता सिंहले भने।

उनले कांग्रेसमा प्रतिशोध राख्नेहरूका कारण पार्टीको संगठनलाई समेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताए।

‘पार्टीको संगठनलाई मात्रै निर्भर नपर भन्ने सन्देश यो परिणामले देखायो। यसपटकको तितो पाठ- संगठनको मात्रै भर गर्‍यो भने ‘तेरो हालत यस्तो हुन्छ’ भन्ने अवस्था देखियो’, उनले भने।

 

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *