२०८१ जेष्ठ १७ गते बिहिवार

लुम्बिनी प्रदेश राजधानीको सुरक्षा व्यवस्था मिलाउन निर्देशन

दाङ ,मङ्सिर २४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

दाङको राप्ती गाउँपालिकामा सुरक्षा समितिको बैठकमालाई सम्वोधन गर्दै उनले राजधानीको सुरक्षाका लागि सम्पूर्ण तयारी गर्नकासबै सुरक्षा निकायले निर्देशन दिएका हुन्।

राजधानी क्षेत्रमा सिसीसी क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्थापन, मन्त्रालयको सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ।

आन्तरिक मामिला, कानुन एवम् सञ्चार मन्त्री तिलकराम शर्माले सुरक्षा निकायको समन्वय गरी अगाडि बढाउनको लागि नै मन्त्रालय तयारी भएको बताए।

सुरक्षा समितिको बैठकले तत्कालको लागि सवारी साधानको गति व्यवस्थापन, झण्डोत्तलनका लागि सुरक्षा तथा कार्यक्रमको व्यवस्थानको बारेमा तयारीमा छलफल भएको थियो।

बैठकमा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी बलका विन्धवासी मुख्यालयका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक बल नेपाल, नेपाली रणसिंह दल गण दाङका गणपति रविन्द्र महर्जन, आन्तरिक मामिला तथा कानून सञ्चार मन्त्रालयका उपसचिव यमबहादुर कुवर र शाखा अधिकृत तुलसी पौडेल लगायतको सहभागीता रहेको थियो।

 

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *