२०८१ चैत्र १३ गते बुधवार

कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की आज बिदा हुँदै

काठमाडौं, असोज ९ । सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आज विदाइ गर्न लागेको छ। असोज १७ गतेदेखि ६५ वर्षको उमेरहदका कारण कायम मुकायम प्रधानन्यायाधीश कार्कीले अवकास पाउँदैछन्।

भोलिदेखि दसैं बिदा सुरू हुने भएकाले आजै कामु कार्कीलाई औपचारिक विदाइ गर्न लागेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

कार्कीले अवकासको एक महिना अघिदेखि मुद्दा हेरेका छैनन्। उनले अन्य प्रशासनिक काम मात्र गर्दै आएका थिए।

ष्लखयतभअज
गएको फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कार्कीले सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए।

राणा निलम्बनमा परेपछि उनी कायममुकायम प्रधानन्यायाधीश भएका हुन्। संविधानले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायममुकायमले प्रधानन्यायाधीशले गर्ने सबै काम गर्नुपर्ने व्यवस्था गरेको छ।

कार्की २०७३ साल साउमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए। त्यसअघि उनी २ वर्ष पुनरावेदन अदालतको न्यायाधीश थिए।

कयातधबचष्अबलष्अ
२०३७ सालमा शाखा अधिकृतबाट न्यायसेवा प्रवेश गरेका कार्की २०३९ सालमा जिल्ला न्यायाधीश भएर २३ वर्षसम्म उनले विभिन्न अदालतमा काम गरे।

२०६३ सालमा उनी उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। उच्च अदालतको न्यायाधीश र मुख्य न्यायाधीश भएर १० वर्ष काम गरे।

न्यायाधीश कार्कीपछि न्यायालयको नेतृत्व वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले लिनेछन्। उनी पनि कायममुकायम प्रधानन्यायाधीश नै रहनेछन्।

प्रधानन्यायाधीश राणालाई संसदीय सुनुवाई समितिले महाअभियोग लगाउन सिफारिस गरे पनि संसदले पास गरिसकेको छैन। त्यसैले कामयममुकायम प्रधानन्यायाधीश भएर कार्कीले अब २ महिना चलाउनेछन्।

मंसीर २७ मा राणाको ६५ वर्षे उमेरहद सकिएर अवकास पाउनेछन्। त्यसपछि भने बल्ल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुनेछन्।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *